काठमाण्डौ – जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानवताको भविष्यबारे छलफल गर्न नेपाल सरकारले आयोजना गरेको पहिलो ‘सगरमाथा संवाद’ आजदेखि तीन दिनका लागि काठमाण्डौमा सुरु भएको छ। १२ मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित १७५ विदेशी पाहुना सहभागी छन्। उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय सम्बोधनहरू, श्रव्यदृश्य सामग्री र प्लेनरी सेसन हुने छन्। भारत, चीन, अजरबैजान लगायतका देशका प्रतिनिधिले जलवायु संकट र समाधानबारे धारणा राख्ने कार्यक्रम तय गरिएको छ। यो संवाद दुई वर्षमा एकपटक आयोजना गरिनेछ।