भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाल सरकारले ती देशमा रहेका नेपाली नागरिकलाई सतर्क रहन र आवश्यक परे नेपाली दूतावासमार्फत सहायता लिन आग्रह गरेको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आपतकालीन सेवा पाउने नजिकको स्थान पहिचान गर्न र भारतीय सरकारी निर्देशनको पालना गर्न सुझाएको छ। आवश्यक परे नयाँ दिल्ली वा कोलकातास्थित दूतावासमा सम्पर्क गर्न सकिने बताइएको छ।

त्यस्तै, परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा अन्य नागरिकलाई इस्लामाबादस्थित नेपाली दूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको छ। दूतावासले २४ घण्टा सहायता उपलब्ध गराउने व्यवस्था गरेको जनाइएको छ।