आइपीएलको रोचक भिडन्तमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ९ विकेटले सहजै पराजित गरेको छ। १७७ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमै पूरा गर्यो। रोहित शर्मा (७६*) र सूर्यकुमार यादव (६८*) नटआउट रहे।
चेन्नईले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। जडेजाले ५३ तथा दुबेले ५० रन जोडे। बुम्राहले दुई विकेट लिए।
मुम्बईको यो चौथो जित हो, जससँगै टोली ८ अङ्कसहित सातौँ स्थानमा पुगेको छ। लगातार हार खेपिरहेको चेन्नई भने पुछारमा रहेको छ।
अर्को खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले पन्जाब किङ्सलाई ७ विकेटले हराएको छ। १५८ रनको लक्ष्य पछ्याउँदै बेङ्गलुरुले १८.५ ओभरमा जित हात पार्यो। कोहलीले ७३ रन बनाए भने पडिक्कलले ६१ रन जोडे।
यो जितसँगै बेङ्गलुरु १० अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ भने पन्जाब समान अङ्क भए पनि रनरेटका आधारमा चौथो स्थानमा छ।






