काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।फाइनल खेलमा नेपाललाई हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भयो।

पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए।यसअघि खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ७४ औं मिनेटमा लाना फेरासले गोल गर्दै जोर्डनलाई बराबरीमा ल्याइन् ।

८९ औं मिनेटमा सारा अबु सबाहले गोल गरेपछि जोर्डन जिततर्फ अगाडि बढेको थियो ।