गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङले मन्त्री पदको शपथ लिएका छन् । उनीहरू आजै मन्त्री नियुक्त भएका थिए ।
देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत हुनुअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।
फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।






