क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नाे सपना पूरा नभए पनि देशकाे सपना पूरा भएकाेमा आफू खुसी रहेकाे बताएका छन् । साेमबार दिउँसाे सामाजिक सञ्जालमा लामिछानेले यस्ताे बताएका हुन् ।

‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएकाे छ’, सन्दीपले लेखेका छन् ।

भिसा समस्याका कारण सन्दीप विश्वकप खेल्न अमेरिका जान पाएका छैनन् ।