कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।
उनको नाममा पक्राउ पुर्जी जारी गरेकोबारे धनुषा प्रहरीले समेत पुष्टि गरेको छ ।
१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समेत नेपाली कांग्रेसका बद्री पाण्डले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आपत्ति जनाए ।कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने, ‘कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’






