गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् ।
बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।
चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन्। घरमै परम्परागत रितिरिवाजपूर्वक विवाह गरेकी हुन् ।
विवाहमा एलिना रातो सारीमा सजिएकी छन् भने विष्णुले घाँटीमा पहेलो डिजाइन भरिएको सेतो दौरा–सुरुवाल लगाएका छन्।
बाग्लुङबाट जन्ति लिएर हिजै दुलाहाकै पहिरनमा सजिएर झापा पुगेका बिष्णु साँझ एलिनाको मेहेन्दीमा पुगेका थिए। दिउँसो हल्दी सकेपछि साँझ एलिनाको मेहेन्दी समारोहको थियो।
एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गरेका हुन् ।






