Screenshot
  1. नेपालले आज सम्पन्न रोमाञ्चक क्रिकेट खेलमा संयुक्त अरब इमिराट (UAE) लाई एक रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। खेलको अन्तिम ओभरसम्म तानिएको प्रतिस्पर्धामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेको छ।

यस खेलमा डी.एस. ऐरीले अद्भुत प्रदर्शन गर्दै नेपाललाई जीत दिलाउन निर्णायक भूमिका खेलेका छन्। उनको सानदार फिल्डिङ र बलिङले खेलको नतिजा नेपालतर्फ मोडिएको थियो। दर्शक र क्रिकेटप्रेमीहरूले ऐरीको प्रदर्शनको प्रशंसा गर्दै उनलाई ‘म्यान अफ द म्याच’ योग्य ठहराएका छन्।

यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो स्थान मजबुत बनाएको छ र आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।