फिफाले २०२६ विश्वकपका क्रममा भएका घटनाका आधारमा अर्जेन्टिनामाथि ठूलो अनुशासनात्मक कारबाही गरेको छ। स्पेनसँगको फाइनल हारपछिको झडप समेत यसमा समावेश छ।
मध्यपङ्क्तिका खेलाडी लियान्द्रो पेरेडेसलाई १० खेल निलम्बन र ९० हजार डलर जरिवाना, नाहुएल मोलिनालाई सात खेल निलम्बन र सोही रकम जरिवाना तोकिएको छ। थियागो अलमाडालाई एक खेल निलम्बन र ३० हजार डलर जरिवाना गरिएको छ।
अर्जेन्टिनाका अधिकारी रोबेर्टो आयालालाई तीन खेल निलम्बन र ३० हजार डलर जरिवाना तोकिएको छ भने स्पेनका गाभीलाई एक खेल निलम्बन र ३० हजार डलर जरिवाना गरिएको छ।
अर्जेन्टिना फुटबल संघलाई ३ लाख २१ हजार डलर जरिवाना लगाइएको छ। यसका साथै अर्जेन्टिनाले आगामी दुई घरेलु खेल ५० प्रतिशत क्षमतामा मात्र खेल्नुपर्ने बाध्यता समेत तोकिएको छ।






