काठमाण्डौ – रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत योगीकुटीस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा मंगलबार राति अचानक आगलागी भएपछि विद्युत आपूर्ति एक घण्टाका लागि अवरुद्ध भएको थियो। सर्ट सर्किटका कारण भएको आगलागी तत्कालै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुशियत यादवले जानकारी दिनुभयो। आगलागीपछि अवरुद्ध भएको विद्युत सेवा करिब एक घण्टामै पुनः सञ्चालनमा आएको छ।






