सितापाइला मावि विद्यालयमा “अभिभावक शिक्षा कार्यक्रम” सम्पन्न भएको थियो। कार्यक्रमको प्रारम्भमा विद्यालयका प्रधानाध्यापक श्री लालबहादुर गुप्ताले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसपछि www.devsanchar.com media & dev adhikari dev sir youtube channel काे प्रमुख सम्पादक श्री देव अधिकारीद्वारा छोटो अनुशासन सम्बन्धी निर्देशना प्रस्तुत गर्नुभयो। कार्यक्रमको अन्त्यतर्फ प्रेरणादायी वक्ता श्रीमती कल्पना खत्री खनालद्वारा प्रेरणादायी सन्देशमूलक कार्यक्रम सञ्चालन गर्नुभयो।
उक्त कार्यक्रममा प्रेरक व्यक्तित्व, सञ्चारकर्मी, अभिभावक-शिक्षक संघका सदस्य, अभिभावक, शिक्षक, विद्यार्थी तथा विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूद्वारा उपस्थिति जनाइएको थियो।
सो कार्यक्रममा अभिभावक संघको तर्फबाट प्रतिक्रिया संकलन गरिएको थियो र सहभागी अभिभावकहरूलाई आवश्यक जानकारी तथा मार्गदर्शन प्रदान गरिएको थियो। अभिभावकहरूलाई विभिन्न क्रियाकलापमा सक्रिय सहभागी गराइएको थियो।
त्यस्तै, विद्यार्थीहरूलाई विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूबाट जानकारी प्रदान गरिएको थियो। जस्तै, बैंकिङ क्षेत्रबाट शाखा प्रबन्धकको उपस्थिति रहेको थियो, जसले बैंकिङ प्रणाली तथा यसको महत्त्वबारे जानकारी दिनुभयो। त्यस्तै, मानव संसाधन (HR) विभागबाट एक म्यामको पनि उपस्थिति थियो, जसले HR क्षेत्रको सम्भावना, अवसर र आवश्यकताका बारेमा विस्तृत रूपमा जानकारी प्रदान गर्नुभयो।






