जर्मनीको म्युनिखमा सम्पन्न यूईएफए नेसन्स लिगको फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै ऐतिहासिक रूपमा दोस्रोपटक उपाधि उचाल्न सफल भएको छ। निर्धारित ९० मिनेटमा दुवै टोलीले २–२ गोल गर्दै खेललाई बराबरीमा राखेपछि निर्णय पेनाल्टीमा पुगेको थियो। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डिसले गोल गर्दा, स्पेनका तर्फबाट मार्टिन जुबीमेन्डी र माइकल ओयारजाबलले उत्तर दिएका थिए।
तेश्रो स्थानको भिडन्तमा फ्रान्सले जर्मनीमाथि २–० को सहज जित निकाल्दै सान्त्वना उपाधि हात पार्यो। फ्रान्सका लागि कप्तान किलियन एमबाप्पे र माइकल ओलिजेले निर्णायक गोल गरे। यस जीतसँगै पोर्चुगल नेसन्स लिग दुईपटक जित्ने पहिलो राष्ट्र बनेको छ, जसले युरोपेली फुटबलमा आफ्नो प्रभुत्व पुनः प्रमाणित गरेको छ।






