भारत–पाकिस्तानबीचको चर्किंदो तनावका कारण भारत सरकारले उत्तरी क्षेत्रमा पर्ने २४ वटा विमानस्थलबाट व्यावसायिक उडानहरू अस्थायी रूपमा रोकिएको घोषणा गरेको छ।

स्थगित गरिएका विमानस्थलहरू मध्ये जोधपुर, लुधियाना, अमृतसर जस्ता पाकिस्तान सीमावर्ती क्षेत्रका शहरहरू रहेका छन्। भारतका प्रमुख एअरलाइन्स—एअर इन्डिया, इन्डिगो, र स्पाइसजेटले पहिले नै उडानहरू रद्द गरिसकेको जनाइएको छ।

यात्रुहरूलाई सुरक्षाको लागि प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अघिनै विमानस्थलमा पुग्न अनुरोध गरिएको छ। यसबीच, जम्मू–कश्मीरको सीमावर्ती क्षेत्रमा राति गोलाबारीसमेत भएको पुष्टि बीबीसीले गरेको छ। कुपवाडा, तंगधार, उरी र पुंछजस्ता क्षेत्रमा धमाका सुनिएको उल्लेख गरिएको छ।

तनाव तीव्र भएको पृष्ठभूमिमा भारतले बुधवार ‘आतङ्ककारी शिविरहरू’माथि हवाई कारबाही गरेको थियो, जसले दुई देशबीच स्थिति झनै जटिल बनाएको छ।