काठमाण्डाै – स्वास्थ्य बीमा बोर्डले अस्थायी व्यवसाय स्थलहरूमा पनि स्वास्थ्य बीमा सेवा विस्तार गर्ने योजना अघि सारेको छ। यो निर्णय अनुसार फुटपाथ, खुला बजार, मेलापात तथा अस्थायी व्यवसायमा संलग्न व्यक्तिहरूलाई स्वास्थ्य बीमा सेवामा समावेश गरिनेछ। स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका वर्गहरूलाई लक्षित गरी यो योजना ल्याइएको हो। यस कदमले औपचारिक क्षेत्रबाहिर रहेका कामदारहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।