आइपीएलको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ।
अरुण जेटली स्टेडियममा कोलकाताले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २०४ रन बनायो। जवाफी लक्ष्य पछ्याउँदै दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो। दिल्लीका फाफ डु प्लेसिसले ६२ रनको सानदार योगदान दिए पनि जितका लागि प्रयाप्त भएन।
यो कोलकाताको दशौं खेलमा चौथो जित हो, जससँगै टोलीले ९ अंक बनाउँदै अंक तालिकामा सातौं स्थानमा स्थान सुरक्षित राखेको छ। दिल्लीको यो १० खेलमा चौथो हार हो र अहिले १२ अङ्कसहित चौथो स्थानमा यथावत् रहेको छ।
आजको खेलमा चेन्नई सुपर किङ्स र पन्जाब किङ्स आमनेसामने हुँदैछन्।






