काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यस वर्ष वैशाख २० गतेदेखि आयोजना गर्ने भनिएको एन्फा कप लिग कम नकआउट फुटबल प्रतियोगिता पर्याप्त टोलीको सहभागिता नहुँदा स्थगित भएको छ।

चैत २५ गते ए डिभिजन क्लबहरूलाई लक्षित गर्दै प्रतियोगिता गर्ने निर्णय गरिएको थियो, जसको उद्देश्य एएफसी क्लब च्याम्पियनशिपका लागि नेपाली टिम चयन गर्नु थियो। तर, १४ मध्ये केवल चार टिमले मात्र नाम दर्ता गरेपछि एन्फाले प्रतियोगिता अगाडि नबढाउने निर्णय लिएको हो।

नाम दर्ता गर्ने समयसीमा भित्र त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र सङ्कटा क्लबले मात्र सहभागिता जनाएका थिए। बाँकी क्लबहरूको निष्क्रियता पछि अब नेपाली टिमले एएफसी क्लब च्याम्पियनशिपमा पनि भाग लिन नपाउने निश्चित भएको छ।