आईपीएलमा मुम्बई इन्डियन्सले सानदार प्रदर्शन गर्दै सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ। हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमै तीन विकेट गुमाएर भेट्टायो। कप्तान रोहित शर्माले विस्फोटक ७० रन बनाए भने सूर्यकुमार यादव ४० रनमा अविजित रहे।

हैदराबादले सुरुआतमै ४ विकेट गुमाउँदै रन सङ्कलनमा संघर्ष गर्‍यो। क्लासेनले ७१ रन बनाए पनि टोलीले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। मुम्बईका तर्फबाट ट्रेन्ट बोल्टले ४ विकेट लिए।

यस जितसँगै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने लगातार हार खेपिरहेको हैदराबाद नवौं स्थानमा छ। आजको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स आमनेसामने हुँदैछन्।