काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणमा ललितपुर सिटी एफसीले उपाधि नजिकको कदम चालेको छ। सोमबार दशरथ रङ्गशालामा सम्पन्न पहिलो क्वालिफायर खेलमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै ललितपुरले फाइनलको यात्रा सुनिश्चित गरेको हो।
ललितपुरका लागि पापा केवे र केर्भन्स बेलफर्टले गोल गर्दै टोलीलाई अग्रता दिलाए, जबकि धनगढीका जर्ज कार्कीले एक मात्र सान्त्वना गोल गरे।
हारसँगै धनगढीको उपाधि यात्रा भने टुटेको छैन। उसले फाइनल प्रवेशको अन्तिम अवसर दोस्रो क्वालिफायरमा खोज्नेछ, जहाँ आज चितवन र पोखरा टिमबीचको एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर बुधबार र फाइनल खेल आउँदो शनिबार हुनेछ।






