काठमाण्डौ – देशका विभिन्न भागमा अहिले पनि वर्षा जारी छ। दाङ, अछाम, दैलेख, कालीकोटलगायत स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा थोरै स्थानमा र बाँकी भू–भागमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। पछिल्लो मौसमी प्रभावसँगै देशभर फैलिएको तुँवालो क्रमशः कम हुँदै जाने पनि महाशाखाले जनाएको छ।






