इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लगातार तेस्रो हार झेलेको छ। हिजोको खेलमा कोलकाता नाइट राइडर्सले हैदराबादलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्यो।

कोलकाताको यो दोस्रो जित हो। कोलकाताले २०१ रनको लक्ष्य दिएको थियो, जसको पछ्याइमा हैदराबादले १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै केवल १२० रन बनायो।

हैदराबादका हेनरिक क्यालसेनले ३३ रन बनाए भने, कामिन्दु मेन्डिसले २७ रन जोडे। कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान तीन विकेट लिए।

त्यसअघि, इडन गार्डनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। कोलकाताका भेंकटेश अय्यरले ६० रन बनाए, र अंगकृश रघुंवशीले ५० रन जोडे। हैदराबादका मोहम्मद शामी, प्याट कमिन्स, जिशन अन्सारी, हर्षल पटेल र कामिन्दु मेन्डिसले समान एक विकेट लिए।

कोलकाताले ४ खेलबाट ४ अंक प्राप्त गरी तालिकामा पाँचौं स्थानमा स्थान बनाएको छ। समान खेलमा २ अंक भएका हैदराबाद तालिकाको पुछारमा छ।

आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स बीच खेल हुने छ।