नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।