काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । १९ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वतीय उपाध्यक्ष प्रकाश श्रेष्ठ सर्वसम्मत भए।






