काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार (आज) वायु प्रदूषण थप बढेको छ । बिहीबार (हिजो)को तुलनामा आज वायु प्रदूषण बढेको हो ।
उपत्यकाका रत्नपार्क, खुमलटार, भक्तपुरलगायत स्थानमा शुक्रबार बिहान ११ः४५ बजे वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५२ देखि १६१ सम्म छ । वातावरण विभागको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा यी स्थानको औसत एक्यूआई १५९ पुगेको थियो ।
काठमाडौंको वायुमा शुक्रबार दिनभर पर्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा बढ्दै जाने र साँझ ७ बजे १२०.४३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने विभागले बताएको छ ।






