अत्यधिक वर्षाले विराटनगरका बस्ती जलमग्न बनेका छन्। विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न भएको हो।

वर्षाका कारण बूढी खोला, केसलिया लगायत खोलामा जल सतह बढेको छ। वर्षातको पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको उनले बताए।

वडा नम्बर ५ को सम्झना चोक, विशाल चोकलगायत ठाउँ जलमग्न भएका छन्।

जलमग्न भएपछि विराटनगरका विद्यालयहरू पनि बन्द गरिएको छ। विराटनगरमा पछिल्लो १२ घन्टामा २९ मिलिमिटर वर्षा मापन भएको छ।