क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न पठाउन युवा ताथ खेलकुद मन्त्रलायले पहल गर्ने भएको छ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासँगको कुराकानी पश्चात् मन्त्रालयले बुधबार परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको हो।

मन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि आफ्ने मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताए। उनले अझै पनि सबै किसिमको सहयोगलाई जारी रहने बताए। अब परराष्ट्रले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ। हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो।