काठमाडौँ फेरि विश्वको नम्बर वान प्रदूषित सहरमा सूचीकृत भएको छ।
एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौँ उपत्यका पहिलो नम्बरमा रहेको छ।
शुक्रबार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०६ रहेको छ।
विश्वकै प्रदूषित दोस्रो सहरको सूचीमा पाकिस्तानको लाहोर छ भने तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ।
गत चैत २७ गते पनि काठमाडौँ उपत्यकाका वायु प्रदूषणको दृष्टिले विश्वको नम्बर वान सहर बनेको थियो। त्यतिबेला काठमाडौँको एक्यूआईदुई सय पुगेको थियो।
प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ।






