नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएका कारण उनी एमालेकाे जारी महाधिवेशन प्रतिनिधि परिषद्को आजकाे बैठकमा सहभागी भएका छैनन् ।

अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक सुरु भएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।