सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाशकुमार चौधरीले पनि दाबी पेस गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदसमेतको समर्थनमा सांसद चौधरीले केहीबेर अघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

यसअघि नागरिक उन्मुक्तिकै अर्का सांसद लक्ष्मणकिशोर चौधरीले कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित दलहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् भने कैलाशलाई संघीय सत्ता गठबन्धनका केही दलको साथ रहेको छ।

उनलाई नेकपा (माओवादी केन्द्र), नाउपा र स्वतन्त्रको समर्थन रहेको छ। एकीकृत समाजवादीले पनि आफूलाई सहयोग गर्ने आशा रहेको उनले बताएका छन्।

नाउपाभित्र अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरी पक्षबीच मतभेद हुँदा दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि