k|ltlglw;ef a}7sdf /fk|kfsf cWoIf lnªb]g sf7df8f}F, @% k’; M /fli6«o k|hftGq kf6L{sf cWoIf Pj+ ;f+;b /fh]Gb|k|;fb lnªb]g ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाबाहेक अन्य सबै राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भएको दाबी गरेका छन् ।

उनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरू जनताको अग्निपरीक्षामा असफल भइसकेको बताए । अध्यक्ष लिङ्देनले मधेशको नेतृत्व गर्ने पार्टीहरूले गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेशको नाममा  ५० जना नेताहरू मन्त्री हुने मौका पाएको तर मधेशका जनताको लागि काम गर्न नसकेको आरोप लगाए ।

उनले मधेशले प्रधानमन्त्रीबाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नभएको उल्लेख गरे । उनले अब क्षेत्र र जातको कुरा गरेर जनताले विश्वास गर्ने अवस्था नभएको भन्दै जनताको आशा राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ रहेको दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार ठीक भएको भन्दै राप्रपाले जनतालाई विश्वास दिलाउन मिहिनेत आवश्यक रहेको बताए ।

उनले आगामी २७ गते काठमाडौंकेन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताए ।