गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरूङ ‘दीपक मनाङ’ ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
केन्द्रमा एमाले–माओवादीको नयाँ समीकरण बनेपछि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वको सरकार अल्पमतमा पुगेको छ । मुख्यमन्त्री पाण्डेले बहुमत पुर्याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन लिने प्रयासस्वरूप मनाङेलाई मन्त्री बनाएका छन् ।






