रौतहटमा आईएमई ग्लोबल बैंकमा लुटपाट गर्न गोली चलेको छ । जिल्लाको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको सो नगरपालिकाका नगरप्रमुख शेख वकिलले जानकारी दिए ।

उनका अनुसार गोली चलाउने व्यक्तिलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेका व्यक्तिलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । बैंकमा लुटपाट भएको बताइए पनि घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

रौतहटका प्रमुख जिल्ला अधिकारी रेग्मीले गोली चलेको सूचना आएको बताए । उनले आफूलाई यसबारे थप जानकारी नआएको बताए ।