काठमाडौं । त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज पहिलो खेलमा हङकङसँग खेल्दै छ।
खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।
आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।






