साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २.७३ अंकले घटेको छ।

यसदिन नेप्से ०.१३ प्रतिशतले घटेर २००४.०५ विन्दुमा बन्द भएको छ।

बिहीबारको बजारमा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३०२ वटा धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।