नेप्से परिसूचक ६ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से ६.२६ अंकले घटेर २०१२.७ अंकमा रोकिएको छ ।
आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ ।
यता, रिभर फल्स पावर लिमिटेडको ९.९८, हिमालयन हाइड्रोपावर लिमिटेडको ६.२७, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ६.१७, धौलागिरि लघुवित्त वित्तीय संस्थाको ५.३७ र एलआइसी एसिया ग्रोथ फन्डको ३.५६ प्रतिशतले सेयर घटेको छ ।






