नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थल बनाउने निर्णय गरेको छ। आजदेखि लागू हुने यो व्यवस्थाले अन्तर्राष्ट्रिय उडानहरूमा लागत बचत र समय बचत हुने अपेक्षा गरिएको छ। (पहिले भारतका विमानस्थल प्रयोग हुँदै आएको थियो।)






