काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार राति ५:२० बजेदेखि ९:२० बजेसम्म पूर्ण रूपमा बन्द भएको छ। विद्युत् सर्किट सर्ट भएपछि धावनमार्गको लाइटिङ प्रणाली फेल भएकाले ८ अन्तर्राष्ट्रिय र ४ आन्तरिक उडान प्रभावित भए। नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार बिहानदेखि उडान सुचारु भएको छ।






