बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १०.८३ अंकले घटेको हो।

लगातार चार कारोबार दिन घटेको बजार अघिल्लो दिन अर्थात् मंगलबार १०.१४ अंकले बढेको थियो। तर यसले निरन्तरता भने पाउन सकेन।

बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २०३०.८६ बिन्दुमा बन्द भएको छ।

आज बजारमा कारोबार रकम पनि घटेको छ। मंगलबारको बजारमा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रूपैयाँको सेयर कारोबार भएकोमा आज जम्मा दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रूपैयाँको सेयर कारोबार भएको छ।

आज ३१० वटा धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भएको छ। बुधबार १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ५१ वटाको मूल्य बढेको छ।