अन्तरक्रिया कार्यक्रममा www.devsanchar.com मिडिया च्यानलका प्रधान सम्पादक देव अधिकारीज्युले फार्मासिस्ट शिव श्रेष्ठज्यू र उहाँको श्रीमती मइया श्रेष्ठ ज्यूबाट छोटो प्रतिक्रिया लिनुभएको थियो।
देव अधिकारीज्यूले शिव अधिकारीज्यूसँग स्वास्थ्य, ध्यान, योग, मनोविज्ञान लगायतका विविध विषयहरू सम्बन्धमा प्रश्नहरू राख्नु भएको थियो, जसको उत्तर शिवदाज्यूले अत्यन्त स्पष्ट र प्रभावकारी तरिकाले दिनुभएको थियो ।
शिवज्यूले आफ्नो जन्मथलो, बसोबास गरेको स्थान, परिवार तथा व्यक्तिगत र पारिवारिक पक्षसम्बन्धी विविध जानकारीहरू पनि देव सञ्चार मिडियामार्फत साझा गर्नुभयो।






