काठमाण्डौ – लामो समयदेखि चर्चामा रहेका दुर्गा प्रसाईं उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर कारागारमुक्त भएका छन्।
गत चैत १५ गते तीनकुनेमा भएको उग्र प्रदर्शनसँग जोडिएर पक्राउ परेका प्रसाईंमाथि आपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी अभियोग लगाइएको थियो। काठमाण्डौ जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका उनी उच्च अदालत पुगेका थिए। अदालतले हिंसात्मक आन्दोलन सम्बन्धी मुद्दामा ३ लाख र बैंकिङ कसूरमा २५ लाख धरौटी माग गरेको थियो। सो रकम बुझाएपछि उनी हिजो डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।






