नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।
मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






