अमेरिकाबाट भन्सार शुल्क बढाउने चेतावनी आएपछि युरोपेली सङ्घ (ईयू) र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार सम्झौताको राजनीतिक सहमति भएको छ। आर्थिक अनिश्चितता र भू–राजनीतिक तनावबीच युरोपेली संघले विश्वका प्रमुख साझेदारहरूसँग सम्बन्ध गहिर्याउने रणनीति अघि सारेको छ। ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डर लायनले यो सहमति वर्तमान समयको जटिल अवस्थामा साझा सहकार्यको एक महत्त्वपूर्ण उपलब्धि भएको बताइन्। सन् २०१६ देखि चलिरहेको वार्तापछि अब यो सम्झौता आउँदो सेप्टेम्बरसम्म औपचारिक रूपमा टुंग्याइने बताइएको छ। यो सम्झौता लागू भएपछि दुई पक्षबीचको व्यापार तथा लगानीको क्षेत्र अझ विस्तार हुने अपेक्षा गरिएको छ।






