श्री सीतापाइला मावि विद्यालयमा ३५औँ वार्षिक उत्सव कार्यक्रम २०८२ आषाढ २७ गते बिहान १० बजेपछि सञ्चालन गरिएको थियो।

यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा नागार्जुन नगरपालिका वडा नं. ४ का अध्यक्ष (विद्यालय व्यवस्थापन समितिका अध्यक्ष) लक्ष्मी राम शर्माज्यु, पूर्व व्यवस्थापन समितिका अध्यक्ष भगवान राज कनिकाज्यु, विद्यालयका प्रधानाध्यापक लालबहादुर गुप्ताज्यु, PTA का सदस्यहरू लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरू सहभागी हुनुभएको थियो।

यस वार्षिक उत्सव कार्यक्रममा अतिथिजनहरूको भाषण, एसईई दिएर बसेका तथा राम्रो अंक ल्याउने विद्यार्थीहरूलाई टिका र खादा लगाएर सम्मान, नृत्य कार्यक्रम, गायन कार्यक्रम, अभिभावकहरूलाई सम्मान लगायत विभिन्न क्रियाकलापहरू गरिएको थियो।

 

 

 

 

 

 

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।