सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रूपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख २५ हजार ८०० मा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको १ हजार ५०५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ५१५ मा कारोबार भएको थियो ।