मंगलबार देशको मौसम फेरि चिसो र चिस्यानयुक्त रहने देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य भू–भागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
उच्च–पहाडी र हिमाली क्षेत्रका केही भागहरूमा हल्का वर्षासँगै हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।
काठमाडौं उपत्यकामा बिहानैदेखि छिटपुट वर्षा भएको र हाल पनि आकाशमा बाक्लो बादल मडारिएको छ।
देशभर अहिले पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसमविद्को भनाइ छ।






