नेपाली बजारमा सोमबार सुनको मूल्य तथा चाँदीको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।