रोमाञ्चक खेलको अतिरिक्त समयमा निर्णायक गोल गर्दै इटालियन क्लब इन्टर मिलानले स्पेनिस जायन्ट एफसी बार्सिलोनालाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ।

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलान ४–३ गोलले विजयी रहँदा, पहिलो लेगको ३–३ बराबरीलाई समेट्दै समग्र ७–६ को नतिजाले इन्टरलाई उपाधिनजिक पुर्‍यायो। निर्धारित ९० मिनेटमा दुबै टोलीले ३–३ गोल गरेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो, जहाँ फ्रातेसीको गोल निर्णायक सावित भयो।

अब इन्टर मिलान जुन १ मा हुने फाइनलमा प्रवेश गरिसकेको छ, भने आज हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेइन (पीएसजी) भिड्नेछन्। पहिलो लेगमा पीएसजीले १–० को अग्रता लिएको छ।