नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

गत मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँ किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।