सेयर बजार आइतबार १२ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार परिसूचक १२.५८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २६०१.२१ को विन्दुमा उक्लिएको छ ।

१७१ कम्पनीको सेयर मूल्य बढेको छ । ६८ कम्पनीको सेयर मूल्य घटेको छ । बोट्लर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।