नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।